साहित्यहरु
परिचय

सातकोश पारी भूगोलबाट तिमी आएको छौ
भविष्यको बाँझो फोर्न तिमी आएको छौ
कापीमा कलमले एक कुना पनि बाँझो नराखी
सोचेजस्तै जीवन कोर्न तिमी आएको छौ
यदि केही कदम भविष्यको पाना डडेछ ,जलेछ या भिजेछ भने
फेरि असल पाना कोर्न अब्बल तिमी आएको छौ
गोडा दुई एक साथीहरु छिर्के लाउन आएका छन्
ठेस लागेझै गरि आहा भन्न तिमी आएको छौ
बालापनको व्यवहार ताजा राख्दै उट्पट्याङ गतिविधिसँग
भविष्यको बाँझो फोर्न तिमी आएको छौ।