स्थानहरु
परिचय

याे साविक माेराहाङ्ग हाल मेन्छयायेम ६ मा गाैखुरी धाम बाट दक्षीण तर्फ करिव १०/१५ मिनट डिंडेर सल्लेरी तर्फ जाँदा बाटाकाे बायाँ तर्फ खेतकाे डीलमा कालाे अग्लाे ढुङ्गा खाेलाकाे सिमाना लगाएर ठडीएकाेछ । जस्मा जान खेत फर्फबाट जान सकिने गरि पर्खाल लगाई सिंडी बनाईएकाेछ । सिंडीबाट गए पछि अन्दाजी ठूलाे मान्द्राेकाे आकारमा खेत तर्फ भिरालाे र खाेला तर्फ अग्लाे भई डिल उठेकाे आकृति देखिन्छ , जहाँ पिंङ्गका लठ्ठा छिर्ने गरिका प्वालहरू देखिन्छन् । कुनै समयमा बाेक्सी आराेपीलाई सजाय स्वरूप याे ढुङ्गामा ल्याएर घाँटीमा पासाे लगाई यिनै प्वालमा छिराईएका फलामका साङ्गलाकाे सहायताले खाेला तर्फ झुण्याई मारिने गरिन्याे भन्ने पाैराणीक कथन सुनिन्थ्याे । आज पनि यी प्वाल देख्दा पत्यार लाग्छ ।