
ईप्रुङ्ग देवी थान - मेन्छयायेम १ साविक पाैंठाक २ मा निक्कै रमणीय उच्च पवित्र स्थानमा बेग्लै भाैगाेलिक संरचनाले अवस्थित एक महत्व पूर्ण धार्मिक स्थल हाे । यहाँ पहिले प्रत्येक बर्षकाे चण्डी पूर्णीमाकाे दिन शुरू भएर २/३ दिन सम्म भब्य मेला लाग्ने गर्थ्याे । भने खासमा लिम्बू जातिले मनाउने उँधाैली (संसारी पुजा) पर्वमा वलिदिएर पुजा पनि यसै मन्दिरमा गरिन्छ । याे मन्दिरकाे कम्पाउन्ड प्रवेश द्वारबाट भित्र छिरे पछि दाहिने तर्फ मध्य किनारमा एउटा अर्थ चन्द्र ईङ्कित जाँताे भन्दा केही ठूलाे सिलाछ , साेही आकारकाे त्यस्तै सिला गाैखुरी धाम सामिप्यमा रहेकाे भकारी धाम भित्र पनि छन् । जस्लाई पाैराणीक समयमा दैवि शक्तिकाे आधारभएकाे हजुरआमाले सुनाउनु भएकाे सम्झन्छु । याे देवीथानमा धामी फेदाङ्ममाहरू आई परेवा , कुखुरा काे वलि दिएर धुप द्वार गर्नु हुन्छ भने, भाकल गर्नेहरू पनि आई पुजा आरधना पच्चात साेचेका कार्य सिद्ध भएकाे विश्वास गर्दछन् ।