स्थानहरु
परिचय

साविक पाैंठाक हाल मेन्छयायेम २ तालखर्क नजिकै रहेकाे खेतवरिपरिका गह्राहरू डिलपर्दै वरिपरि फैलिएका र विचमा गहिराईमा एउटा च्याप्टाे पहिराेमा धाँजा फाटे जस्ताे झार भरिएकाे स्थान देखिन्छ । त्यहि स्थानबाट पानीकाे निकास पृथ्वितलमा अन्तर्धान हुन्छ ( त्यहाँ वाट बाहिरी निकास नभएकाेले जमिन भित्रै बाट विलय हुन्छ) । जहाँ प्राचीन कालमा पाेखरी भएकाे प्रष्ट आकृतिले झल्काउँछ । श्रुति अनुसार प्राचिनकालमा त्यहाँ पूर्ण जलले भरिएकाे पाेखरी थियाे अरे, जस्मा नजिका बासिन्दाहरूले लुगाधुने र अन्य कारणले फाेहाेर भई त्यहाँ भएका जलदेवता रिसाई मलाई यहाँ दुख भयाे भनी मध्य रातमा ठूलाे आवाज साथ पाेखरि फुटी भागेका भन्ने कथन सुनेकाेथिएँ ।